आइतवार, चैत्र १९, २०७९

सीके राउतलाई छाड्न दायर बन्दिप्रत्यक्षीकरण रिट सर्वोच्च गर्यो खारेज

काठमाडौं असोज ८, नेपालको  अन्तरिम संविधान विपरित अभिव्यक्ति स्वतन्त्रताका नाममा देश नै विखण्डन हुने अभिव्यक्ति दिएको अचभयोगमा पक्राउ परेको सप्तरीका सीके राउतलाई छाड्न माग गर्दै दायर बन्दिप्रत्यक्षीकरण रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।  न्यायाधीशद्वय सुशीला कार्की र गोविन्द उपाध्यायको इजलासले विशेष अदालत काठमाडौंबाट म्याद थप भएको र वैद्यता पनि सोही अदालतबाट हुने भन्दै बन्दिप्रत्यक्षीकरण रिट खारेज गरेको हो ।

त्यस्तै सर्वोच्चले निवेदकले चिकित्सकबाट उपचारको माग गरेको हकमा निजी खर्चमा उनले रोजेको चिकित्सक तथा अस्पतालमा उपचारको व्यवस्था गराउन सरकारको नाममा आदेश गरेको छ । मोरङको रंगेलीमा एउटा सभाबाट फर्कने क्रममा १० दिनअघि स१च १५४ नम्बरको कारमा रहेका राउतलाई प्रहरीले पक्राउ गरेको थियो । उनीविरुद्ध सार्वजनिक अपराधको मुद्दा लगाइएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031