मङ्लबार, अशोज १६, २०८०

साल्ट टेडिङग ५२ वर्षमा, जैविक मल उत्पादनको क्षेत्रमा समेत पहल सुरु गर्ने कर्पोरेसनको तयारी

काठमाडौ भाद्र २७, साल्ट टेडिङग कर्पोरेसनले आज एक कार्यक्रमकावीच आफ्नो स्थापनाकालको ५२ औं वार्षिकोत्सव मनाएका छन । वार्षिकोत्सवको उद्घाटनसत्रलाइ सम्बोधन गर्दै वाणिज्य तथा आपूर्ति मन्त्री सुनीलबहादुर थापाले कर्पोरेसनको आर्थिक पक्षलाई बलियो बनाउन stclogoमन्त्रालयबाट पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गदै आसन्न चाडपर्वको पूर्व सन्ध्यामा सामाजिक उत्तरदायित्वका पक्षलाइ समेत सम्मान गर्दै दैनिक उपभोग्य वस्तुलाई अझ सरल र सहज रुपमा बिक्री वितरणको व्यवस्था मिलाउन कर्पोरेसनलाई निर्देशन दिनुभएको थियो ।

वार्षिकोत्सवको अवसरमा कर्पोरेसनले निकट भविष्यमानै अर्ध जैविक मल उत्पादनको क्षेत्रमा समेत पहल सुरु गर्ने लक्ष्य निर्धारण गरिएको बताउँदै दैनिक उपभोगका वस्तु चिनी, नुन, चामल, मैदा, दाल, ग्यासलगायत सहज र सर्वसुलभ रुपमा बिक्री वितरण गर्दै आएको जनाएको छ ।

त्यस्तै कर्पोरेसनका प्रबन्धक व्रजेशकुमार झाले गत वर्ष ती वस्तुको करिब रु चार अर्ब ८५ करोडको कारोबार गरेको जानकारी दिनुभएको छ भने महाप्रबन्धक उर्मिला श्रेष्ठले चाडपर्वका अवसरमा कर्पोरेसनले सञ्चालन गर्दै आएको सुपथ मूल्यका पसल उपत्यका बाहिर पनि सञ्चालनमा ल्याउन लागिएको बताउँनु भएको थियो ।  साथै कर्पोरेसनका अध्यक्ष लक्ष्मीदास मानन्धरले नुनको मूल्य समायोजन नभएको लामो समय वितिसकेको भन्दै नुनको मूल्य वृद्धिका लागि अनुमति दिन त्यस अवसरमा सरकारसित माग गर्नुभएको उक्त कार्यक्रममा कर्पोरेसनमा २० वर्ष सेवा गर्ने प्रबन्धक व्रजेशकुमार झालगायत २० जनालाई सम्मानीत गरिएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031