सोमवार, चैत्र ६, २०७९

सांस्कृतिक पर्वले मुलुकलाई विकासको पथमा अग्रसर गराउन प्रेरित गरोस् : अध्यक्ष डा. विष्ट

काठमाडौ असोज १२, नेपाल पत्रकार महासङ्घले दसैँ, तिहार, बकर इद, नेपाल सम्वत्, छठलगायतका चाडपर्वको अवसरमा पत्रकार, सञ्चार व्यवस्थापन, कर्मचारी एवम् mahendra_bistaआम नेपालीमा शुभकामना व्यक्त गरेको छ ।  महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले आज जारी विज्ञप्तिमा दसैँ, तिहार लगायतका सांस्कृतिक पर्वले नेपालीबीचमा सुदृढ एकता र राष्ट्रप्रतिको निष्ठा थप जागृत गर्न एवम् मुलुकलाई उन्नति, प्रगति र द्रूत विकासको पथमा अग्रसर गराउन प्रेरित गरोस् भन्ने कामना गर्नुभएको छ ।

त्यस्तै विज्ञप्तिमा मुलकमा दिगोशान्ति कायम गर्�� र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नयाँ संविधान निर्माणको प्रक्रियाले पूर्णता प्राप्त गर्न सफलता मिल्ने विश्वास व्यक्त गर्नुका अलावा श्रमजीवी पत्रकार, कर्मचारी, कामदारको पारिश्रमिक र दशैं खर्च भुक्तानी नभएको पीडादायी अवस्थाप्रति दुःख व्यक्त गर्दै सम्बन्धित सञ्चार संस्थालाई त्यस्तो वक्यौता पारिश्रमिक र दसैँ खर्च तत्काल भुक्तानी गर्ने वातावरण निर्माण गर्न अपिलसमेत गर्नुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031