मङ्लबार, मंसिर १२, २०८०
Dashain

समयसीमाभित्रै संविधान निर्माणका लागि युवा सङ्घले दबाब सिर्जना गर्ने

काठमाडौ भाद्र ३१, युवा सङ्घ नेपालले समयसीमाभित्रै संविधान निर्माण गर्न दवाव स्वरुप रचनात्मक दवाव अभियान सहितका कार्यक्रम सञ्चालन yuwasangगर्ने भएको छ । सङ्घको सोमबार सम्पन्न केन्द्रीय कमिटीको बैठकको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका कावा अध्यक्ष निरुदेवी पालले दलहरूले जनतासामु व्यक्त गरेको प्रतिबद्धताअनुसार आगामी आघ ८ गतेभित्र संविधान जारी गर्नुपर्ने भन्दै त्यसका लागि देशभर दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने र यसको लागि उपाध्यक्ष झपट रावलको संयोजकत्वमा समिति समेत गठन गरेको जनाएको छ ।

त्यस्तै विज्ञप्तिमा जहाँ युवा, त्यहाँ युवा सङ्घ, जहाँ युवा सङ्घ त्यहाँ उत्पादन’को नारालाई पनि सफल बनाउन युवा सङ्घ नेपालले विविध कार्यक्रम सञ्चालन गर्ने नितिगत निण्नय गरेको जानकारी दिनुको अलावा भयो ।

पूव प्रम झलजाथ खनालका पुत्र निर्भिक खनाल सहित सात जनालाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने निर्णय गरेको पनि पत्रकार सम्मेलनमा जानकरी दिएका छन ।