काठमाडौ भाद्र २६, व्यवस्थापिका–संसद्को आजको बैठक पनि नियमित कार्यसूचीमा प्रवेश नगरी शुक्रबार अपराह्न ३ बजेका लागि स्थगन भएको छ । प्रमख प्रतिपक्षीदल एमाओवादीसहित मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक), फोरम, तराई –मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई –मधेस सद्भावना पार्टी र सङ्घीय समाजवादी पार्टीले चारबुँदे सहमति कार्यान्वयन नभएको भन्दै संसद् अवरुद्ध गर्दै आएका छन् ।
आजको बैठक सुरु हुनेबित्तिकै तमलोपा संसदीय दलका नेता सर्वेन्द्रनाथ शुक्लले सरकार सहमति गर्ने तर कार्यान्वयन नगर्ने रोगले ग्रसित भएको भन्दै सहमति कार्यान्वन नभएसम्म बैठक चल्न नसक्ने बताउदै गर्दा प्रतिपक्षी दलका सबै सभासद अ.आफ्नो आसनबाट उठ्दै बैठक अवरुद्ध गरेका थिए ।