छिटो सूचना दिने नाममा भइरहेको अपरिपक्व काम बन्द गरौ : सञ्चारमन्त्री डा रिजाल
वरिष्ठ पत्रकार रामकृष्ण रेग्मीलाई रु एक लाख राशिसहित गोपालदास पत्रकारिता पुरस्कार
प्रसङ प्रेस काउन्सिलको ४५ औँ वार्षिकोत्सव

काठमाडौ असोज ६, प्रेस काउन्सिल नेपालको ४५ औँ वार्षिकोत्सवको अवसरमा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले ३९ औँ वार्षिक प्रतिवेदन लोकार्पण तथा पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राजनीतिक क्षेत्रलाई व्यवस्थित बनाउन र समाजलाई सहि दिशामा अगाडि लैजाने जिम्मेवारीलाई निर्वाह गर्न सञ्चारमाध्यमलाइ आग्रह गर्नु भएको छ । त्यस्तै उहाँले निर्धारित मितिमा संविधान जारी गराउन राजनीतिक दललाई सकारात्मक दवाव सहित आ आफ्नो तह र तप्काबाट भूमिका निवाह गर्न पनि त्यस अवसरमा आग्रह गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रममा सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले पत्रकारिता पेसालाई व्यावहारिक र मर्यादित बनाउने दायित्व सरकार, सञ्चारकर्मी र सञ्चारमाध्यमको भएको बताउँदै छिटो सूचना दिने नाममा भइरहेको अपरिपक्व काम बन्द गर्नु जरुरी रहेको बताउँदै अभिव्यक्ति स्वतन्त्रतालाई रक्षा गर्दै पत्रकारिता क्षेत्रको विकासमा सरकार कटिबद्ध रहेको बताउँदै बताउँनु भएको थियो भने सरकारका मुख्यसचिव लीलामणि पौड्यालले पत्रकारिता क्षेत्र मर्यादित हुन नसकेकाले यसमा विकृति तथा विसङ्गति मौलाउँदै आएको धारणा राख्नु भएको थियो ।कार्यक्रममा नेपाल पत्रकार महासङ्घका कावा अध्यक्ष खिलबहादुर भण्डारी, काउन्सिलका सदस्य मुरली यादवलगायलतले बोल्नु भएको थियो ।
क–कसले पाए पुरस्कार ?
वार्षिकोत्सवको अवसरमा वरिष्ठ पत्रकार रामकृष्ण रेग्मीलाई रु एक लाख राशिसहित गोपालदास पत्रकारिता पुरस्कार र प्रेस काउन्सिल क्रियाशील पत्रकारिता परस्कारबाट पत्रकारत्रय रमेश लम्साल शरद अधिकारी र नेत्रबहादुर शाही त्यस्तै गरि प्रेस काउन्सिल सशक्त लेखन पत्रकारिता पुरस्कार’बाट पर्साका गया यादव, झापाका लोकराज ढकाल र मकवानपुरका रामकुमार एलन तथा सिन्धुपाल्चोकका ऋषिराम पौड्याल, कास्कीकी गोमा घिमिरे र धनुषाका लक्ष्मण यादवलाइ पुरस्कृत गरिएको थियो ।
त्यस्तै गरी प्रेस काउन्सिल आचारसंहिता पुरस्कारबाट पत्रकार शुकेश्वर पाठक, प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार’बाट पत्रकारहरु क्रमस प्रकाश माथेमा, ठाकुरसिंह थारु, सरिता श्रेष्ठ, मनोजकुमार माझी र ललितपुरकी सञ्चुकुमारी लामा र प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पुरस्कारबाट विक्रम निरौला र राजेन्द्रनाथलाइ सम्मानीत गरिएको थिया भने ‘प्रेस काउन्सिल महिला सशक्तीकरण पुरस्कार’ पत्रकार गृष्मा राजभण्डारी र सन्तोषी कार्की पुरस्कृत गरिएको थियो । यस्तै प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार बाट मिथिला साप्ताहिक स्तम्भ लेखनतर्फ श्यामसुन्दर शशि र ‘प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कारबाट ईश्वरचन्द्र ज्ञवालीलाइ पुरस्कृत गरिएको थियो । साथै काउन्सिलका कर्मचारीद्वय जगदीशप्रसाद पौडेल र कार्यालय सहयोगी प्रल्हाद बस्नेत पनि पुरस्कृत गरिएको थियो ।