काठमाडौ असोज ११, नेपाल प्र्रेस युनियनको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आज आफ्नो निजी निवासमा आयोजना गर्नु भएको कार्यक्रमलाइ सम्बोधन गर्दै नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले हालै पार्टीको अनुशासन समितिले संविधानसभा निर्वाचनमा पार्टीलाई अन्तरघाट गर्ने १८३ जना केन्द्र तथा जिल्लास्तरका नेता कार्यकर्तालाई गरेको अनुशासनको कारबाही पार्टीको विधानसम्मत भएको बताउँदै यदि उक्त कारवाही कोहि कसैलाइ चित्त नबुझे ३५ दिनभित्र कार्यसमितिमा पुनरावेदन गर्न सक्ने विधानत प्रावधान रहेको बताउँनु भएको छ ।
त्यस्तै छलफलको क्रममा महामन्त्री सिंहले अवरुद्ध संसद् खोल्ने सम्बन्धमा प्रमुख प्रतिपक्षी दल एमाओवादीको मागअनुसार प्रमुख राजनीतिक दलबीच उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्नेबारेमा छलफल अघि बढिरहेको र छिट्टै सहमतिमा पुग्ने आशा व्यक्त पनि गर्नुभएकोछ ।
बधाई तथा शुभकामना कार्यक्रममा युनियनका नवनिर्वार्चित अध्यक्ष बद्री सिग्देलले संस्थाको आगामी बैठकले योजनाबद्ध रुपमा तीनवर्षे कार्ययोजना तयार पारी अघि बढ्ने बताउँनुभएको थियो