शनिबार, चैत्र १८, २०७९

श्री गणेश र श्री भैरवलाइ पनि जीवित देवी श्री कुमारीलाई गर्ने जस्तै समान व्यवाहर गर्न माग

राज्यले समान व्यवाहार गर्न सक्दैन भने इन्द्रजात्रामा गणेश र भैरवको रथजात्रा चलाउने प्रथा रद्ध गरे हुन्छ :  श्री गणेश  भैरव संरक्षण समिति

काठमाडौं असोज १२, नेपालको विभिन्न ऐतिहासिक पर्वहरु मध्यको एक प्रमुख पर्वका रुपमा रहेको इन्द्रजात्राको नबलभक ज्ञक्रममा गरिने रथ यात्रा अन्र्तगत जीवित ganes 1देवहरुमा श्री गणेश र श्री भैरव तथा जीवित देवीको रुपमा श्री कुमारीको उत्तिकै महत्व भए पनि श्री गणेश श्री भैरव र श्री कुमारी मध्ये श्री कुमारीको मात्र चर्चा परिचर्चा गरिने प्रवृति प्रति सरोकारवाला पक्षले आपत्ती प्रकट गरेका छन ।

त्यस्तै श्री गणेश श्री भैरवसङग प्रत्यक्ष वा परोक्ष सरोकार राख्ने ति पक्षहरुले यदी इन्द्रजात्रा भनेको श्री कुमारी कै मात्र जात्रा हो भने श्री गणेश र श्री भैरवको रथ जात्रा चलाउने प्रथा रद्ध गरे पनि हुन्छ भन्ने आशयको अभिव्यक्ति दिदै राज्यले जीवित देवहरुमा श्री गणेश र श्री भैरवलाइ पनि जीवित देवी श्री कुमारीलाई गर्ने जस्तै समान व्यवाहर गर्न माग गरेका छन ।

सरोकारवाला पक्षका अनुसार राज्य देखि भक्तजनहरुले समेत जीवित देवहरुमा गणेश र भैरवको उपेक्षा गरेका कारण वहालवाला लगायत भूतपूर्व गणेश भैरवहरुको रेखदेख तथा भरण पोषणमा समेत स्थिती असहज बन्दै गएको बताएका छन । इन्द्रजात्रा पर्वका अभिन्न अङगको रुपमा रहेका गणेश भैरव र श्री कुमारी मध्ये श्री कुमारीको मात्र चर्चा परिचर्चा हुनु र वहालवाला लगायत भूतपूर्व श्री गणेश श्री भैरवहरुको लागि दुःखको विषय भएको उल्लेख गदै श्री कुमारीको लागि बस्ने घर कुमारी घर भनि छुट्टै व्यवस्था गरे जस्तै श्री गणेश र श्री भैरवको लागि पनि बस्ने छुट्टै घरको व्यवस्था गन पनि उनिहरुले माग गरेका छन । साथै यस प्रसङगमा तत्कालिन राजा विरेन्द्रले बसन्तपुर स्थित कुमारी घरको दायाँ पट्टि स्कूल सङगैको हाल विश्वविद्यालयले उपयोग गरी रहेको सरकारी घर श्री गणेश र श्री भैरवको लागि व्यवस्था गर्न व्यवस्था मिलायन आदेश भए पनि लोकतान्त्रिक सरकार र त्यस मातहतका निकाय मुकदर्शक बन्दै प्रस्तुत मुद्धा ओझेलमा पार्दै आएको उनिहरुको दावी रहेको छ ।

त्यस्तै श्री कुमारी प्रतिस्थापित हुँदै गदा जुन विधि विधान अवलम्बन गरिन्छ त्यहि विधान वमोजिम श्री गणेश श्री भैरवलाई प्रतिस्थापन गन गरिन्छ । तर दुःखको कुरा के छ भने एउटै अङगका ३ जना देवदेवीहरु मध्ये श्री कुमारीको मात्र चर्चा परिचर्चा हुने, सुविधामा पनि श्री कुमारीलाइ मात्रमहत्व दिने जस्ता आदि इत्यादिका कारणले गदा आफुहरुले अनेकन कष्ट व्यर्होनु परेका भन्दै उनिहरुले आफ्ना समस्या सार्वजनिक गर्नका लागि पूर्व यस अघि श्री गणेशका प्रारुपमा प्रतिस्थापित गणेश शाक्यको अध्यक्षतामा वर्तमान तथा भु.पु. जीवित श्री गणेश श्री भैरव संरक्षण समितिIMG_8584 नामक सस्थानै गठन गरेको उक्त संस्था द्दारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन ।

त्यस्तै विज्ञप्तिमा गणेश ,भैरव पनि श्री कुमारी जस्तै इन्द्रजात्रा पर्वमा मात्र नभई राष्ट्रको निमित्त अभिन्न अंङग हो र उनीहरुले देवदेवीबाट अवकाश प्राप्त भैसकेपछि के कस्ता कथिनाई र अभावको सामना गर्नु परेको छ सो बारे यर्थात अध्येयन गर्दै विद्यमान यावत समस्याको समाधानका लागि जात्रा पर्वसङग सरोकार राख्ने राज्य माताहतका निकाय ,स्थानीय निकाय लगायतका संङघसस्था सवैमा अपिल गरेका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031