बुधबार, अशोज १७, २०८०

शोक प्रस्ताव पारित

काठमाडौ असोज १, संविधानसभाको आजको बैठकले संविधानसभाका पूर्व सदस्य पोष्टबहादुर बोगटीको निधनमा गहिरो शोक प्रकट गर्दै शोक 10377492_653617494709226_6935178652250618311_nप्रस्ताव पारित गरेको छ । संविधानसभाको बैठक सुरु हुनासाथ सभाध्यक्ष सुवास नेम्वाङले संविधानसभाका पूर्व सदस्य एवम् एनेकपा माओवादीका उपाध्यक्ष बोगटीको ६२ वर्षको उमेरमा भदौ ३० गते हृदयघात तथा मस्तिष्कघातबाट निधन भएकामा गहिरो शोक प्रकट गर्दै उहाँको दिवङ्गत आत्माको चिरशान्तिको कामनासहित शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभयो ।

सो शोक प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गर्नुका साथै स्वर्गीय बोगटीको आत्माको चिरशान्तिका लागि एक मिनेट मौनधारण गरिएको थियो । त्यसपछि संविधानसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031