काठमाडौ असोज ११, पर्यटन र समुदायको विकास भन्ने मूल नारालाइ आत्मासात गर्दै ३५औँ विश्व पर्यटन दिवसआज विविध कार्यक्रमको आयोजना
गरि मनाइएको छ । यसैक्रममा आज बिहान पर्यटन मन्त्रालय र पर्यटन बोर्डलगायतका अन्य निजी सङ्घसंस्था सम्मिलित मूल समारोह समितिले राजधानीको त्रिदेवीमार्ग ठमेल देखि बसन्तपुर सम्मको प्रभातफेरीको आयोजना सहित सभाको आयोजना गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा नेपाल पर्यटन बोर्डका अध्यक्ष सुरेशमान श्रेष्ठको प्रमुख आतिथ्यथतामा भएको उक्त सभामा लमजुङ स्थित काउलेपानी गाउँ लाई सन् २०१४÷१५ का लागि विश्व पर्यटन दिवस गाउँ घोषणा गरिएको थियो भने अन्य सरोकारवाला संस्थाका प्रतिनिधीहरुले नेपालको पर्यटन क्षेत्रलाई विकासको गतिमा अगाडि बढाउन सरकारी तथा निजी क्षेत्रबीच समन्वयको आवश्यकता रहेको पक्षमा सभाका सहभागि वक्ताहरुले जोड दिनु भएको थियो ।
कार्यक्रमको औपचारिक समापन पछि मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठ त्यस्तै काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख धनबहादुर श्रेष्ठ, हनुमानढोका दरवार संरक्षण कार्यक्रमका प्रमुख हरिकुमार श्रेष्ठ लगायतले त्यस अवसरमा बसन्तपुर दरवार प्रवेस गरेका पर्यटकहरुलाइ मायाको चिनो र खाडा ओढाएर स्वागत गर्नुभएको थियो ।