बुधबार, चैत्र १५, २०७९

विद्यालय निरीक्षक थापाविरुद्ध मुद्धा दायर

काठमाडौ असोज १,  एसएलसी परीक्षामा अङ्क फेरबदल गरी अनियमितता गर्ने जिल्ला शिक्षा कार्यालय गोरखाका तत्कालीन विद्यालय निरीक्षक akither-ko-logo1रेशमबहादुर थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ । काभ्रेस्थित बाल निकेतन उच्च माध्यामिक विद्यालयमा २०६९ सालको एसएलसी परीक्षामा विद्यार्थीले प्राप्त गरेको अङ्कमा २७ देखि ९० अङ्कसम्म थप गरी डिस्टिङ्सनमा पास गराई विद्यार्थीहरूले प्राप्त गरेको परिमाणमा फेरबदल गरी अनियमितता गरेको आयोगद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यसैवीच आजै आयोगले प्रहरी प्रधान कार्यालयका तत्कालीन प्रहरी सहायक निरीक्षक गङ्गाबहादुर अधिकारीले बढुवा प्रयोजनका लागि पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली देखिन आएकाले निजमाथि पनि हदैसम्मको दण्ड सजायको मागदाबी गदै मद्दा दायर गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031