सोमवार, चैत्र ६, २०७९

वाम आन्दोलनकी अगुवा एमाले नेतृ सहाना प्रधानको निधन

काठमाडौं असोज ७,  वाम आन्दोलनकी अगुवा तथा एमाले नेतृ सहाना प्रधानको मृत्यु भएको छ । ८७ वर्षिय सहानाको गएराती राति उपचारकै क्रममा बल्खुस्थित बयोधा अस्पतालमा निधन भएको हो । श्रद्धाञ्जली दिन उनको पार्थिव शरीर अहिले ८ बजेबाट पार्टी कार्यालयमा बल्खुमा राखिने Sahana_Pradhanभएको छ ।  प्रधानले २०४६ सालमा संयुक्त वाममोर्चाको नेतृत्व गरेकी थिइन् ।

विगत लमो समय यतादेखि   नसाको समस्याबाट पीडित हुँदै अएकी पछिल्लो समयमा बोल्न समेत नसक्ने भएकी थिइनन् । वि.स २००४ सालमा दिदी साधना र महिला नेतृ मंगलादेवी सिंहसँग मिलेर नेपाल महिला संघ स्थापना गर्नेकममा प्रतिवद्ध हुदै राजनीतिमा होमिएकी प्रधानले २०१८ सालमा पुष्पलाल निर्वासनमा गएपछि  अध्यापन पेशा अङगालेकी थिइन  । २०३७ सालमा पुष्पलालको निधन भएपछि साहनाको राजनीतिक सक्रियता पुनः बढेको थियो भने २०४६ सालमा संयुक्त वाममोर्चाको अध्यक्षको हैसियतमा जनआन्दोलनमा लागेकी साहना तत्कालिन अन्तरिम मन्त्रिपरिषदमा दोस्रो मर्यादाक्रममा मन्त्री बनेकी थिइन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031