आइतवार, जेष्ठ ६, २०८१

वर्ष २०७१ को दसैं १३ दिन : नवमी र विजया दशमी एकै दिन

काठमाडौ भाद्र १६,  वर्ष २०७१ को शुभ विजयाअर्थात्  दसैं १३ दिन मात्र हुने भएको छ । तिथीमा आएको घटबढ र दशमी तिथी टुटेकाले यस वर्षको दसैं dashain-tika-thali१३ दिन मात्र हुने नेपाल पंचाङक निर्णायक समितिले जनाएको खवर आजको राजधानी दैनिकमा छ । यसअघि अघिल्ला वर्षहरुमा १५ दिनको दसैं हुने गरेको थियो । आश्विन शुक्ल प्रतिप्रदादेखि पूर्णिमासम्म मनाईने दसैंमा यसपाली दशमी तिथी टुटेको समितिका अध्यक्ष रामचन्द्र गौतमले जानकारी दिए । ९ असोजमा घटनास्थापना गरी सुरु हुने दसैंमा १५ गते फूलपाति र १६ असोजमा महाअष्टमी परेको छ । १७ असोजमा नवमी तिथी बिहान करिव साढे ६ बजे सकिएपछि दशमी लाग्छ ।

तर भोलिपल्ट एकादशी भएकाले विजयादशमी त्यही दिन मनाउने निर्णय भएको समितिका अध्यक्ष गौतमले जानकारी दिए ।