मङ्लबार, चैत्र ७, २०७९

वन सहायक पाठक र उद्योग अधिकृत लामिछाने विरुद्ध मुद्दा दायर

काठमाडौ असोज २, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका वन कार्यालय दमकमा कार्यरत सहायक जीवनप्रसाद पाठक र हेटौंडा akither-ko-logo1सिमेन्ट उद्योगमा कार्यरत प्रशासकीय अधिकृत ध्रुवकुमार लामिछान विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार पाठकलाई झापा लखनपुर १ स्थित दुर्गा फर्निचर उद्योगका सञ्चालक गोविन्द श्रेष्ठसँग अवैध काठ ओसारपसारका सम्बन्धमा निजविरुद्ध परेको मुद्दा मिलाइदिन्छु भनी रु ३८ हजार घुस लिएको अभियोग लगाइएको छ भने लामिछानेले बढुवा प्रयोजनका लागि पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको ठहर सहित अभियुक्तद्दय विरुद्ध हदैसम्मको कारबाहीको मार्गै आयोगले मद्धा दायर गरेको आज जारी विज्ञप्तिमा जनाइएको छ ।