बुधबार, चैत्र १५, २०७९

राम्चेबाट बेनी आउँदै गरेको जिप दुर्घटनामा मृत्यु भएका १२ जनाको सनाखत

म्याग्दी असोज ७, म्याग्दीको राम्चेबाट सदरमुकाम बेनी आउँदै गरेको ग१ज ४३२४ नम्बरको जिप आज दिउँसो दुर्घटना हुँदा १२ जनाको मृत्यु images_20140923030723भएको छ ।  म्याग्दीको हिस्तान भन्ने स्थानमा रहको गिद्धेश्वर मन्दिर नजिकको भिरबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालय म्याग्दीलाइ उदत गर्दै प्राप्त समाचारमा जिपमा सवार १३ जना मध्ये १२ जनाको मात्र शव फेला परेको छ । मृतक १२ जना सबैको सनाखत भइसकेको बुझिएको छ ।

यसरी मृत्यु हुनेमा राम्चे गाविसका सचिव शालिग्राम शर्मा , वैकुण्ठ शर्मा, भवन डिभिजन कार्यालय बागलुङका इन्जिनियर डिल्लु श्रेष्ठ, भवन डिभिजन कार्यालय बागलुङका सुपरभाइजर हेमन्त सिउथानी, राम्चे स्वास्थ्य चौकीका ठेकेदार रामबहादुर खत्री, चालक घमबहादुर पुर्जा, राम्चेका सुरेश गर्वुजा, राम्चे– ४ की याममाया पुर्जा, बागलुङका सुमित मलेपति, हिस्तान घराम्दीका देउबहादुर गर्वुजा, उनकी श्रीमती सममती गर्वुजा र हिस्तान घराम्दीकै हेमसरा गर्वुजा रहेको समाचारमा उल्ल्ेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031