बुधबार, चैत्र १५, २०७९

राजधानीको न्हौखा टोलमा आगलागी

 काठमाडौं असोज २, राजधानीको काठमाडौं महानगरपालिका–२८ न्हौखा टोलमा आज बिहान भएको आगलागीबाट पाँचतलाका तीन घरमा ठूलो क्षति पुगेको छ । न्हौखा टोलमा बिहान ९ः३० बजे उमा राजभण्डारीको पाँचतले घरमा रहेको जुत्ता बनाउने मेसिनबाट सुरु भएको आगलागीबाट थप दुई घरमा समेत ठूलो क्षति पुगेको प्रहरीले जनाएको छ ।

आगलागी नियन्त्रणमा लिन काठमाडौँका चार, ललितपुरको एक र नेपाल प्रहरीको एक दमकल प्रयोग गर्दै दिउँसो १ बजेमात्र आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
आगलागीबाट राजभण्डारीको पाँचतले घर र छिमेकी विजय श्रेष्ठको पाँचतले घरको माथिल्लो तीनतलामा र सँगै रहेको मणिराम प्रधानको घरको माथिल्लो तलामा समेत क्षति पुगेको बुझिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031