सोमवार, चैत्र ६, २०७९

यौन दुव्र्यवहारगर्ने पीडकलाइ कानुनमै कारबाहीको दफागत व्यवस्था गरिनु पर्नेमा सभासद्हरूको जोड

काठमाडौ असोज ५, व्यवस्थापिका–संसद्अन्तर्गतको महिला बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिको अजका बैठकमा bicc 1सहभागी माननीयहरुले यौनजन्य दुव्र्यवहार निवारण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफल गर्दै कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहारमा मिलापत्र नगरी पीडकलाई कारबाही गर्ने विषयमा कानुनमै दफागत व्यवस्था गरिनु पर्नेमा जोड दिएका छन् ।

प्रस्तुत विद्येकमा यस्तो विचार अभिव्यक्त गने माननीयहरुमा क्रमस शान्ता मानवी, डा दुमनसिंह थापा, मदनकुमारी शाह, रामहरि सुवेदी, यशोदा लामा, अनुराधा थापामगर, रीता रावल, प्रभादेवी बज्राचार्यलगायतका हुनुनहन्छ । त्यस्तै विद्यमान विधेयकमा दफा गत व्यवस्था गरिएको बुँदहरु आफैमा न्यायसङगत नभएको भन्दै उहाँहरुले यस्ता अभिव्यक्ति दिन भएको हो ।

यौनजन्य आशयले शरीरको कुनै अङ्गमा छोएमा वा छुने प्रयास गरेमा, अश्लील तथा यौनजन्य क्रियाकलापसँग सम्बन्धित शब्द, चित्र, पत्रपत्रिका, श्रव्य, दृश्य, साधन वस्तु वा सामग्री प्रयोग वा प्रदर्शन गरेमा, यौनजन्य क्रियाकलापका बारेमा कुराकानी गरेमा, यौनजन्य आशयले जिस्काएमा वा हैरानी दिएमा यौनजन्य दुव्र्यवहार गरेको मानिने विधेयकमा उल्लेख छ । त्यसमा सभासद्हरूले आरोपित व्यक्तिलाई निलम्बन गरेर पदमुक्त गरी दुव्र्यवहारको प्रकृतिअनुसार सजाय हुनुपर्ने राय राख्नुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031