सोमवार, चैत्र १३, २०७९

यस्तो छ जलविद्युत् उत्पादन गर्ने नयाँ प्रविधि

सुर्खेत असोज ७, जिल्लाको वीरेन्द्रनगर नगरपालिकाका एक युवाले जलविद्युत् उत्पादन गर्न नयाँ प्रविधि विकास गरेका छन् । स्थानीय कृष्ण आचार्यले गेयर बक्स सहायताले पानीबाट बिजुली निकाल्न सक्ने प्रविधि विकास गरेका हुन् । आचार्यले थोरै लगानी र सजिलै प्रयोगमा ल्याउन सकिने unnamedबिजुली उत्पादन मेसिन निर्माण गरेका छन् । दशमहिने प्रयासमा विद्युत् निकाल्ने नयाँ प्रविधि विकास गरेको आचार्यले जानकारी दिए । राष्ट्रिय विज्ञान दिवस अवसर पारेर आचार्यले नयाँ प्रविधिको विद्युत् निकाल्ने मेसिन सार्वजनिक गरेका हुन् । आचार्यले समथल नदीबाटै एक किलोवाट र ५० किलोवाट क्षमतासम्म बिजुली निकाल्न सक्ने मेसिन निर्माण गरेका छन् । उनले विद्युत् मेसिन बनाउन स्थानीय बजारबाट जस्तापाता, गेयर र डाइनोमा खरिद गरेको जानकारी दिए ।

नयाँ मेसिनबाट प्रतिसेकेन्ड ५० लिटर पानी उपलब्ध भए एक किलोवाटभन्दा बढी विद्युत् निकाल्न सकिने आचार्यले परीक्षणमार्फत सार्वजनिक गरेका थिए । गेयरलाई चालमा ल्याउन पाताद्वारा निर्माण गरिएको पंखा पानीले घुमाउनुपर्ने प्रविधि मेसिनमा जडान गरिएको छ । आचार्यले करिब ५० किलोवाट विद्युत् निकाल्ने सक्ने दुई मिटर चौडाइसहितको पंखासमेत बनाएका छन् । पंखा घुमेपछि गियरबक्स हुँदै डाइनोमा चल्छ । पंखा चलाउन कम पानी भए पनि पुग्ने उनले बताए । एकपटक पंखा घुमे सयपटक डाइनोमा चली विद्युत् उत्पादन हुने क्षमता नयाँ प्रविधिको मेसिनमा छ ।

लोडका आधारमा गियर सिस्टम चल्ने मेसिन उनले घरमै तयार पारेका हुन् । नयाँ मेसिन प्रयोग गर्दा बिजुली उत्पादनका लागि उच्च स्थानमा पानी पुर्‍याउन नपर्ने, सुरुङ तथा लामो नहर निर्माण गर्नुपर्दैन । आचार्यले नयाँ प्रविधिमा आधारित मेसिनलाई उत्पत्ति प्रमाण दिन, सहयोग तथा लगानी गर्न सरकारसँग आग्रह गरे ।  उनले विकास गरेको नयाँ प्रविधिको मेसिनलाई ‘कृष्ण हाइड्रोपावर रिसर्च प्रालि’का नामबाट सार्वजनिक गरेका छन्, कम्पनी काठमाडौंको ठेगानामा दर्ता छ । आचार्यले नयाँ हाइड्रो प्रविधि अन्य प्रविधिभन्दा ५० प्रतिशत सस्तो हुने दाबी गरे । उनले नयाँ प्रविधिबाट विद्युत् उत्पादन गर्न समय छोटो लाग्ने र एउटै नदीको सय मिटर फरकमा छुट्टाछुट्टै आयोजना निर्माण गर्न सकिने बताए । चार वर्षअघि कामका लागि दक्षिण कोरिया पुगेका आचार्यले स्वदेश फर्किएपछि विद्युत् उत्पादनको नयाँ प्रविधि विकास गरेका हुन् । यो निर्माण गर्न उनलाई करिब ९ महिनाको समय लागेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031