मङ्लबार, मंसिर १२, २०८०
Dashain

माघ ८ मा लोकतान्त्रिक जारी हुन्छ : उपप्रधानमन्त्री सिंह

ललितपुर भाद्र २८, ललितपुर ज्यापू समाजको २१ औँ स्थापना दिवसको एक कार्यक्रमका वीच आज उद्घाटन गर्दै उपप्रधानमन्त्री प्रकाशमान सिंहले  तोकिएकै समयमा दोस्रो जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा गर्दै नेपाली जनतालाई माघ ८ मा लोकतान्त्रिक संविधान लोकतान्त्रिक संविधान आउनेमा विश्वस्त रहन आग्रह गर्नुभएको छ ।

काँग्रेसका महामन्त्री समेत रहेका उपप्रम सिंहले पहिलो संविधानमा सहमति भएका संविधानका अन्तरवस्तुलाई दोस्रो संविधानसभाले ग्रहण गरिसकेको उल्लेख गर्दै सहमतिबाटै संविधान जारी हुने विश्वास व्यक्त गर्दै त्यस अवसरमा समाजको पहलमा निर्माण भइरहेको ज्यापू वृद्धाश्रम भवनको निर्माणमा सरकारको तर्फबाट आवश्यक सहयोग गरिने वचनवद्धता प्रकट गर्नुभएको थियो ।  त्यस्तै कार्यक्रममा भारतीय राजदूत रञ्जित रेले नेपाल भारतको सम्बन्ध सम्राट अशोकको पालादेखि रहँदै आएको चर्चा गर्दै यस सम्बन्ध अझ प्रगाढ हुँदै जाने विश्वास व्यक्त गर्नुभएको थियो ।