शुक्रबार, अशोज ५, २०८०

महिलामाथि हुने हिंसाका कारण २७ महिलाको ज्यान गुमाए

काठमाडौ असोज ९, सञ्चारिका समूह नेपालले गत श्रावण १६ देखि भाद्र ३१ गतेको सम्म विभिन्न सञ्चारमाध्यममा गरेको अनुगमनको क्रममा wonen-victim265__2011965763बलात्कार, यौन दुव्र्यवहार, घरेलु हिंसा, दाइजो, मानव बेचबिखन, हत्या, बहुविवाह, बोक्सी, परम्परागत तथा धार्मिक हिंसा, आर्थिक, राजनीतिक र अन्य गरी विभिन्न शीर्षकमा मनिटरिङ गर्दै जाँदा महिलामाथि हुने हिंसाका कारण डेढ महिनाको अवधिमा २७ महिलाको ज्यान गुमाएको प्रतिवेदन सार्वजनिक गरेको छ ।

सार्वजनिक प्तिवेदामा उल्लेख भएअनसार गत डेढ महिनाको अवधिमा १४ वटा दैनिक पत्रपत्रिकामा ३५ वटा बलात्कारका घटना, महिला बेचबिखनका नौ, महिलाकोे स्वास्थ्य अधिकार हननका ६६, यौन दुव्र्यवहारका १७, घरेलु हिंसासँग सम्बन्धित १२, दाइजोसँग सम्बन्धित १९ र बहुविवाहका तीन समाचार प्रकाशित भएको जनाउएका छन । त्यस्तै उक्त अवधीमा राजधानीबाट प्रकाशित कान्तिपुर, नागरिक, नयाँपत्रिका, गोरखापत्र, हिमालय टाइम्स, कारोबार, राजधानी, अन्नपूर्ण पोष्ट, नेपाल समाचारपत्र, कमाण्डर पोष्ट, द काठमाण्डु पोष्ट, रिपब्लिका, दि लगायतका सञ्चारमाध्यमलाइ समेटिएको पनि प्रतिवेदनमाउल्लेख  गरेका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031