सोमवार, चैत्र ६, २०७९

बेपत्ता छानबिन तथा मेलमिलाप आयोग गठन अन्तिम चरणमा : मन्त्री आचार्य

काठमाडौ असोज १, कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्री नरहरि आचार्यले सामाजिक न्याय तथा मानवअधिकार समितिको nahariआज बिहान बसेको बैठकमा बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग गठनसम्बन्धी काम तीव्र गतिमा अघि बढाइएको स्पष्ट गर्नुभएको छ ।

मन्त्री आचार्यले संवैधानिक परिषद्का अध्यक्ष एवम् प्रधानमन्त्री सुशील कोइरालाका तर्फबाट जवाफ दिँदै उहाँले दुवै आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न गठन भएको समितिले आफ्नो काम अन्तिम चरणमा पु-याएको जानकारी समेत त्यस अवसरमा दिनुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । विस्तृत शान्ति सम्झौताको मर्म र भावनाअनुरुप शान्तिप्रक्रियालाई निष्कर्षमा पु¥याउन सरकार प्रतिबद्ध रहेको दोहो-याउँदै मन्त्री आचार्यले द्वन्द्वकालमा भएका मानवअधिकार उल्लङ्घनका गम्भीर प्रकृतिका घटना र बेपत्ता पारिएकाको छानबिन गर्ने आयोगप्रति राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय जगतको चासो रहेको बताउनुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031