बुधबार, अशोज १७, २०८०

बस दुर्घटनामा पाँचजनाको मृत्यु,५० भन्दा बढी घाइते

धादिङ असोज १३, खचाखच यात्रु लिएर विराटनगरतर्फ जाँदै गरेको यात्रुबाहक बस म्याग्दीबाट काठमाडाँैतर्फ जाँदै गरेको अर्को बससँग आज बिहान ठोक्किँदा पाँचजनाको accidentमृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन् ।  पृथ्वीराजमार्गअन्तर्गत धादिङको भुमेस्थान–सिम्ले बजारमा विपरीत दिशाबाट गुडेको दुईवटा बस एकआपसमा ठोक्किँदा सो दुर्घटना भएको हो ।

बेनीबाट काठमाडौँ जाँदै गरेको ना३ख ७६३३ र काठमाडौँबाट झापा काँकडभिट्टा जाँदै गरेको यात्रुबाहक ना५ख ४३८४ नम्बरको बस एकआपसमा ठोक्किएको प्रहरीले जानकारी दिएको छ ।   दुर्घटनामा मृत्यु हुनेमा काठमाडौँ विशालनगरकी ३० वर्षीया छुलीकान्छी र उनकी छ वर्षकी छोरी कीर्तिका थापामगर, बसका चालक म्याग्दी पाङ गाविसका किसान भन्ने विष्णुबहादुर कार्कीको मृत्यु भएको प्रहरी निरीक्षक प्रेमबन्धु पोखरेलले बताउनुभयो । बेनीबाट काठमाडौँ जाँदै गरेको बसमा सवार तीनजनाको मृत्यु भएको हो । बाँकीको सनाखत हुन सकेको छैन । मृतक सबै चालक बसको छेउमा बसेका थिए ।

दुर्घटनामा १५ जना गम्भीर घाइते छन् । उनीहरूलाई उपचारका लागि काठमाडौँ पठाइएको महादेवबेसी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक हरिओम शाहीले जानकारी दिनुभयो । बाँकी घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।  तीव्रगतिमा गुडेका थिए दुवै बस । ना३ख ७६३३ नम्बरको बसले साइड च्याप्दा दुर्घटना भएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । केहीबेर सडक अवरुद्ध भएको थियो हाल साना सवारी एकतर्फी सञ्चालनमा आएका छन् । घटनास्थलमा महादेवबेसी प्रहरी चौकी, सशस्त्र प्रहरी बल, स्थानीय बासिन्दा, राजमार्ग दुर्घटना उद्धारक स्वयम्सेवकले उद्धार गरेका थिए । रासस

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031