शुक्रबार, चैत्र १७, २०७९

बल्ल् पायो काँग्रेस केन्द्रीय समितिले पूर्णता

नेविसंघका पूर्व अध्यक्षत्रय गोविन्द भट्टराई, गुरु घिमिरे र प्रदीप पौडेल सहित ६ केन्द्रीय सदस्य मनोनित

काठमाडौं भाद्र ३० ,नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले विधानतः सभापतिले केन्द्रीय सदस्यमा २१ जना मनोनित गर्न पाउँने अधिकारको Netaharuप्रयोग गदै केन्द्रीय समितिलाइ पूर्णता दिएका छन । आइतवार सभापति कोइरालाले ६ केन्द्रीय सदस्य मनोनित गर्दै समितिलाइ पूणता दिएको हो । यसरी मनोनित गरिएका केन्द्रीय सदस्यहरु क्रमस नेविसंघका पूर्व अध्यक्षत्रय गोविन्द भट्टराई, गुरु घिमिरे र प्रदीप पौडेल छन् ।

यसैगरी श्याम घिमिरे, जुम्लाका दिनबन्धु श्रेष्ठ र राप्रपाबाट नेपाली कांग्रेसमा प्रवेश गरेका प्रताप लोहार र आमन्त्रित केन्द्रीय सदस्यमा यज्ञराज जोशी, दिलकुमारी राई, भोला चौधरी, महेन्द्र शर्मा, कल्याण गुरुङ र नेविसंघका पूर्व अध्यक्ष केशव सिंह रहेका छन ।काँग्रेस केन्द्रीय समितिको कार्यकाल एक वर्ष थप्न आज बिहान ११ बजेका लागि बोलाईएको केन्द्रीय समिति बैठक बस्नु पूर्वनै सभापति कोइरालाले कांग्रेस केन्द्रीय समितिलाइ पूर्णता दिएको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031