मङ्लबार, चैत्र ७, २०७९

प्रेस स्वतन्त्रता र विधिको शासनका पक्षमा कलम चलाउन युनियन नेतृत्वलाई आग्रह

काठमाडौ भाद्र २९, नेपाल प्रेस युनियनका पोखरा आठौं महाधिवेशनबाट बद्री सिग्देलको नेतृत्वमा नवनिर्वाचित पदाधिकारीको पदस्थापना कार्यक्रम आज सम्पन्न भएको छ ।  पदस्थापना कार्यक्रम लाई सम्बोधन गर्दै वरिष्ठ पत्रकार हरिहर विरहीले नवनिर्वाचित पदाधिकारी गुट उपगुटमा नलागि प्रेस press unionस्वतन्त्रता, मानवअधिकार र विधिको शासनका पक्षमा कलम चलाउन आग्रह गर्नुभएको थियो भने प्रेस युनियनका पूर्वअध्यक्ष कुलचन्द्र वाग्ले, नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहाल, पूर्वअध्यक्ष मुरारी शर्मा लगाउतका वक्ताहरुले नयाँ नेतृत्वलाई बधाई र शुभकामना दिदै युनियनको निर्वाचनमा कसैले हारेको नभई जिम्मेवारी हस्तान्तरण भएको बताउँदै श्रमजीवी पत्रकारको पक्षमा उभिन युनियन नेतृत्वलाई आग्रह गर्नुभएको थियो ।

त्यस्तै गरि कार्यक्रममा प्रेस युनियनका संस्थापक सदस्य तथा गोरखापत्र संस्थानका अध्यक्ष रमेश तुफान, युनियनमा अध्यक्षका उम्मेदवार शिव लम्साल र भुवन भट्ट, वरिष्ठ पत्रकार कवीर राणा, पत्रकार महासङ्घका उपाध्यक्ष अनिता विन्दुलगायतले श्रमजीवी पत्रकार ऐन, २०५३ तथा पत्रकारको न्यूनतम पारिश्रमिक लागू गर्नुपर्ने तथा पत्रकारहरू दण्डहीनताका विरुद्धमा उभिनुपर्ने र सञ्चार नीति तत्काल लागू गर्न अग्रसर हुनुपर्नेमा जोड दिनुभएको थियो ।