शुक्रबार, चैत्र १७, २०७९

प्रम कोइरालालले भने सर्वदलीय राजनीतिक सम्मेलन अप्रत्याशितरुपमा स्थगन हुनु आफैमा दुःखद घटना

काठमाडौ भाद्र ३१, प्रधानमन्त्री सुशील कोइरालाले आज हुँने भनिएको सर्वदलीय राष्ट्रिय राजनीतिक सम्मेलनमा अचानक नेकपा–माओवादीले यो susilवा त्यो बहनामा सहभागि नहुने निणय गर्दै सम्मेलनमा अनुपस्थिति जनाए पछि राष्ट्रिय राजनीतिक सम्मेलन एकाएक अप्रत्याशितरुपमा स्थगन हुनु दुःखद भएको बताउनुभएको छ । आज अपराह्न सर्वदलीय राष्ट्रिय राजनीतिक सम्मेलनस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सहभागी हुन उपस्थित भएका अन्य दलका नेतालाई सम्बोधन गर्ने क्रममा प्रम कोइरालाले यस्तो अभिव्यक्ति दिन भएको हो ।

त्यस्तै प्रम कोइरालाले पछिल्लो समयसम्म पनि सम्मेलनस्थलबाटै नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यलाई टेलिफोन सम्पर्क गर्दा अध्यक्ष वैद्यले पार्टीको केन्द्रीय समितिले सर्वदलीय राजनीतिक सम्मेलनमा सहभागी नहुने निर्णय गरेको जानकारी गराउँदै सम्मेलनमा अनुपस्थित भएका थिए । त्यसपछि प्रधानमन्त्री कोइरालालाई अध्यक्ष वैद्यले आफ्नो पार्टी र मोर्चाले सम्मेलनमा सहभागिता नजनाउने निर्णय गरेको जानकारी सम्मेलनमा सहभागी अन्य दलहरुलाइ गराउनुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031