आइतवार, मंसिर १७, २०८०
Dashain

प्रधानमन्त्री कोइराला नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै न्यूयोर्क प्रस्थान

काठमाडौं असोज ३, प्रधानमन्त्री सुशील कोइराला संयुक्त राष्ट्रसंघको ६९ औं महासभामा सम्बोधन गर्न नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै केहीबेरअघि अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नु भएको छ । प्रधानमन्त्री कोइरालालाइ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सरकारका मन्त्री, तथा 26-sushil-koiralaउच्च पदस्थ अधिकारीहरुले बिदाई गरेका थिए ।

प्रधानमन्त्री कोइराला नेतृत्वको नेपाली प्रतिनिधि मण्डलको भ्रमण तालिका अनुरुप आज संयुक्त अरब इमिरेट्सको अबुधावीमा बस्नेछ भने भोलि अवुधाबीस्थित नेपाली राजदूताबासमा मध्यपूर्व पश्चिम एशिया र उत्तरी अफ्रिकामा कार्यरत नेपाली कुटनीतिक नियोगका प्रमुखहरुले प्रधानमन्त्री कोइरालालाई आ–आफ्नो कार्यक्षेत्रको बारेमा जानकारी गराउने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनु भएको छ। । त्यस्तै आइतवर विहान प्रधानमन्त्री सहितको प्रतिनिधि मण्डल न्यूयोर्क पुग्नेछ । सोमबार प्रधानमन्त्री कोइरालाको क्यानसर अस्पतालमा अनुगमन परीक्षण हुने कार्यक्रम छ भने आगामी शुक्रबार संयुक्त राष्ट्रसंघको महासभालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेकोछ । प्रधानमन्त्री सहितको नेपाली प्रतिनिधि मण्डल असोज १६ गते नेपाल फर्कने छ ।