आइतवार, चैत्र १९, २०७९

प्रज्ञा प्रतिष्ठानमा ऐन विपरित सरकारले नियुक्ति गरेको भन्दै नाट्य संस्था महासंघ आन्दोलित

काठमाडौ भाद्र २५, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले क्रमस नेपाल प्रज्ञा–प्रतिष्ठान, सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठान र ललितकला natte 1प्रज्ञा –प्रतिष्ठानमा पदाधिकारीमा नियुक्तिका लागि गत भाद्र १९ गते संस्कृति/पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा गठित छनौट समितिले संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ को प्रस्तावना र सोही ऐनमा उल्लेखित क्रमशः दफा २ (परिभाषा), दफा ८ को उपदफा (१) सिफारिस समिति गठन र उपदफा (२) मनोनयन प्रक्रिया तथा परिवर्तन एवम् अग्रगामी पक्षधरको प्रतिनिधितव सम्बन्धी मूलमर्म र भावना भावनालाई समेत निर्ममतापूर्वक कुल्चिँदै गरेको नियुक्ति सिफारिस प्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै नाट्य संस्था महासंघ आन्दोलित भएका छन ।

त्यस्तै महासंघले प्रस्तुत नियुक्तिको क्रममा मन्त्रालयले ऐनमा उल्लेखित प्रावधानलाई समेत ठाडै हस्तक्षेप गरी सरकारले आफ्नो तानाशाही चरित्र र प्रतिगामी अनुहार प्र्दशन गर्दै नाट्य–संगीतको क्षेत्रमा आफ्नो सम्पूर्ण जीवन लगानी गरेका एवम् विधागत विद्वता, विशिष्टता प्राप्त रङ्गकर्मी, संगीतकर्मीहरुको संविधान प्रदत्त मौलिक अधिकार कुण्ठित गर्दै परिवर्तनका निम्ति पटक–पटकको विभिन्न आन्दोलनहरुमा अग्रणी भूमिका निर्वाह गर्ने संगीत–नाटक विधालगायत भाषा साहित्य र ललितकलामा सक्रिय हजारौं स्रष्टाहरुलाइ मर्माहत बनाएको संस्थाका अध्यक्ष विजय विस्फोटद्दारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031