शुक्रबार, चैत्र १७, २०७९

पूर्व राजा ज्ञानेन्द्र शाह स्वास्थ्यलाभ पछि आज अस्पतालबाट डिस्चार्ज हुँदै

काठमाडौ असोज ६ , शनिवार राती अचानक हृदयघात भएपछि नर्भिक अस्पतालमा उपचार गराइरहेका पूर्व राजा ज्ञानेन्द्र शाहको स्वास्थ्यमा सुधार ex kingआएको छ । उनलाई आज अपरान्ह १२ बजेभित्रै अस्पतालबाट डिस्चार्ज गरिने चिकित्सकहरुले जनाएका छन् ।  स्वास्थ्यबारे जानकारी दिँदै चिकित्कस भरत रावत र यादव भट्टले शाह सामान्य स्थितिमा फर्किएको जानकारी सञ्चारकर्मीलाई दिएका छन ।   पूर्वराजा ज्ञानेन्द्र शाहको उपचरको क्रममा एनजीओग्राम र एनजीओ प्लाष्ट गर्दै मुटुको बन्द भएको नसा खुलाइएको थियो ।

यसैबीच, पूर्व राजाको स्वास्थ्य अवस्था बुझ्न र स्वास्थ्य लाभको कामना गर्न अस्पतालमा आईतवार शुभेच्छुकहरुको विहानैदेखि अस्पताल परिसरमा भीड लागेको थियो ।यस क्रममा सर्वसाधारण, सभासद्हरु, राजावादीहरु, सेना तथा प्रहरीका पूर्व कर्मचारीहरु नर्भिक पुगेर स्वास्थ्य लाभको कामना गरेका थिए । यस्तै, पूर्व प्रधानमन्त्री र्कीतिनीधि विष्ट, लोकेन्द्रबहादुर चन्द, तुल्सी गिरी लगायत माओवादी नेता एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराइ र विभिन्न दलका नेता तथा सभासद् र शुभेच्छुकहरु नर्भिक अस्पताल पुगेर पूर्व राजा ज्ञानेन्द्रको स्वास्थ्य लाभको कामना गरेका छन् भने पूर्व मुमा बडामहारानी रत्न पनि आइतवार साँझ नर्भिक पुगेर छोराको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031