काठमाडौ असोज १०, व्यवस्थापिका संसद्को आजको बैठक तत्कालीन प्रतिनिधिसभाका सदस्य तथा पूर्व मन्त्री सिद्धराज ओझाको बिहीबार बेलुकी भएको निधनप्रति शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ । उहाँ २०४८, २०५१ र २०५६ सालको आम निर्वाचनमा डोटी जिल्लाको तत्कालीन निर्वाचन क्षेत्र नं २ बाट नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित हुनु भएका ओझा को थियो । संसद्को अर्को बैठक यही असोज १२ गते आइतवार अपराह्न ४ बजे बस्नेछ ।