काठमाडौ भाद्र २७, इन्द्रजात्राको आज अन्तिम दिन अर्थात नानिचयाका अवसरमा काठमाडौं महानगरपालिका हनुमानढोका दरवार सरंक्षण कार्यक्रमको तर्फबाट यसअघि जिवीतदेवीका रुपमा प्रतिस्थापित भइसकेका पूर्वकुमारीहरुलाई राजधानीको हनुमानढोकामा एक विशेष् कार्यक्रमको
आयोजना गरि सम्मानीत गरेको छ । त्यस अवसरमा नेपाल सरकारका उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले ८ जना पूर्वकुमारीहरुलाई जनही श्री पदभत्ता रु एक लाख २० हजार रुपैयाँ , दोसल्ला एवम् ताम्रापत्र प्रदान गर्नुभएको थियो ।
पूर्वकुमारी सम्मान कार्यक्रमलाइ सम्बोधन गर्दै उपप्रधानमन्त्री सिहंले नेपालको मौलिक संस्कतिको संरक्षणको प्रारम्भिक अभियान स्वरुप काठमाडौ महानगरपालिकाले सुरु गरेको यो अभियानबाट कलासंस्कृति संरक्षण्का कक्षेत्रमा नयाँआयाम थपिएको बताउँनु भएको थियो । त्यस्तै उहाँले श्री कुमारी प्रति आम जनसमुदायले प्रकट गर्ने गरेको आस्था र विस्वास आफैमा महत्वपूर्ण रहेको उल्लेख गर्दैकुमारी पूजाको महत्वका त्यसको संरक्षणमा जोड दिनु भएको थियो ।
त्यस्तै कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य एवम् त्यस क्षेत्रका सभासद् नविन्द्रराज जोशीले कुमारी पूजाको ऐतिहासिक महत्वबारे चर्चा गर्दै पूर्व कुमारी माताको सम्मानमा कामपाले सुरु गरेको यो अभियान आफैमा महत्वपूर्ण रहेका भन्दै श्री कुमारी लाइ जस्तै श्री गणेस र श्री भैरवको सम्मानमा पनि यस किसिमको कार्यक्रम आयोजना गर्नु पर्नेमा जोड दिनु भएको थियो । साथै उहाँले विश्व परिचायक हाम्रो कला संस्कृतिको संरक्षण गर्दै यसको संरक्षणका लागि हरसंव प्रयास गर्नु राज्यको दायित्व भएको बताउँनु भएको थियो ।
सम्मान कार्यक्रममा पूर्व कुमारीहरु क्रमस श्री नानीशोभा शाक्य, श्री हर्षलक्षमी शाक्य, श्री नानीमयजु शाक्य, श्री सुनिता शाक्य श्री अनिता शाक्य , श्री रश्मिला शाक्य, श्री अमिता शाक्य, श्री प्रिती शाक्यलाइ सम्मान गरिएको थियो।