काठमाडौ भाद्र २७, सरकारले भारतसँग गर्न लागेको विद्युत् व्यापार सम्झौता (पिटिए)को विरोधमा आन्दोलनरत नेकपा–माओवादीसहित विभिन्न राजनीतिक दलले आज बिहान १० देखि १२ बजेसम्म सिंहदरबारको दक्षिण ढोका नजिकै धर्ना दिँदै सम्झौताका प्रति जलाएका छन् । धर्ना कार्यक्रममा सम्बोधन गर्दै माओवादीका प्रवक्ता पम्फा भुसालले विभिन्न ४७ दलको सर्वदलीय बैठकको भाद्र २१ गतेको निर्णयअनुरुप आज सिंहदरबार अगाडि धर्ना दिइएको बताउनुभयो । त्यस्तै उहाँले पिटिए सम्झौता राष्ट्रहित विपरीत भएको भन्दै सो सम्झौता गरिए सशक्त आन्दोलन गर्ने चेतावनी दिनु भएको थियो ।