सोमवार, चैत्र ६, २०७९

पाँच महिनामा २ सय ५४ थान मुद्दा दायर :सहायक प्रवक्ता आयोग

काठमाडौ भाद्र ३०, सञ्चार मन्त्रालयमा आज आयोजित प्रवक्ता–पत्रकार भेटघाट कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धानका सहायक प्रवक्ता suchana-mantarlayeकेशवप्रसाद घिमिरेले आयोगले वर्ष २०७१ भ्रष्टाचार लगायतका अन्य गरी पाँच महिनामा २सय ५४ थान मुद्दा विशेष अदालतमा दायर गरिसकेको जानकारी दिन भएको छ ।

त्यस्तै कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयका सहायक प्रवक्ता हुमबहादुर केसीले लैङ्गिक समानता कायम गर्न विद्यमान मुलुकी ऐन, सरकारी मुद्दासम्बन्धी ऐन, कानुनी सहायतासम्बन्धी ऐन, वैदेशिक रोजगार ऐनलगायत ३१ वटा ऐन संशोधनका लागि मस्यौदा तयार गरी संसदमा पेस गरिएको जानकारी दिनु भएको छ भने राष्ट्रिय योजना आयोगका सहायक प्रवक्ता सागर आचार्यले आगामी डिसेम्बरमा नेपालमा आयोजना हुने अतिकम विकसित राष्ट्रको मन्त्रीस्तरीय बैठकका लागि आयोगका उपाध्यक्षको संयोजकत्वमा उच्चस्तरीय निर्देशक समिति र व्यवस्थापन समिति गठन गरिने जानकारी दिनुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031