काठमाडौं असोज ५, नेपाल शारीरिक सुगठन तथा फिटनेस संङघद्दारा आयोजित पाँचौं मिस्टर हिमालय राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिताका शिर्ष उपाधी अर्थात पाँचौं मिस्टर हिमालय नेपाल व्यायाम मन्दिरका रामहरि खनाल जितेका छन । शनिबार राजधानीमा भएको प्रतिस्प्रर्धामा ७५ केजी तौलसमूहमा पहिलो हुँदै मिस्टर हिमालयको उपाधि होडमा सामेल भएका थिए। उपाधि जित्ने क्रममा खनाललेअन्य विभिन्न ५ तौलसमूहमा पहिलो भएका बुल्स जिम पोखराका सुरेश गुरुङ (५५ केजी), फिटनेस स्टुडियो नेपालका रुजेश शाही (६० केजी), रोयल जिम एन्ड फिटनेस, बौद्धका अनिललाल श्रेष्ठ (६५ केजी), व्यायाम मन्दिरका ज्ञाननारायण महर्जन (७० केजी) र फिटनेस फस्ट, ढुंगेअड्डाका सुशील नेवालाई पछि पार्दै प्रस्तुत उपाधी जितेका हुन । यो उपाधिसङगै अलालले २ लाख रुपैयाँ हात पार्नुको अलावा ७० केजी समूहमा पहिलो भएबापत थप २५ हजार नगद पनि जितेका छन ।

यसअघि शुक्रबारदेखि त्रिपुरेश्वरस्थित खेलकुद परिषद्को कभर्डहलमा सुरु भएको यस प्रतियोगिताको पहिलो दिन प्रि-जजिङ राउन्डअन्तर्गत प्रतियोगितामा समावेश पुरुषको विभिन्न ६ तौलसमूहको प्रत्येक तौलसमूहबाट ५९५ खेलाडी फाइनल चरणमा प्रवेश गरेका थिए ।
५५ केजीमा अजिमा फिजिकल फिटनेस, भक्तपुरका कृष्णबहादुर श्रेष्ठ, फिटनेस फस्ट, ढुंगेअड्डा, काठमाडौंका अमीर थापा, न्यु डेजल जिम फिटनेस, कास्कीका प्रवित राजवंशी, बुल्स जिमका सुरेश गुरुङ र नेपाल ब्यायाम मन्दिरका उमेश बलामी फाइनलमा पुगेका थिए भने ६० केजी तैल समूहमा दोस्रो र तेस्रो संस्करणका विजेता कालिमाटी फ्रेन्डसिप फिजिकल फिटनेसका सचित प्रधान, रत्नश्री जिम, पोखराका कमल भण्डारी, फ्लेक्स एन्ड फिटनेसका रमेश कार्की, न्यु गोल्ड जिमका जनक दुलाल तथा फिटनेस स्टुडियो नेपालका रुजेश शाहीले फाइनल यात्रा तय गरेका थिए ।