बुधबार, चैत्र १५, २०७९

न्यूनतम विषयमा सहमति कायम गरेर संविधान जारी गर्नुको विकल्प छैन: सभासद्हरू

काठमाडौ भाद्र २९, संविधानसभाको आजको बैठकमा संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन, २०७१ माथिको छलफलमा भाग लिदै सभासदहरुले संविधानको विवादित विषयमा विद्यमान विमतिलइ सम्बोधन गदै न्यूनतम विषयमा सहमति कायम गरेर आगामी माघ ८ 40643ecdfcf3ac8836355f8c6ee20e1bगतेभित्र संविधान जारी गर्नुपर्ने तर्क गर्नुभएको छ ।

त्यस्तै सभासदहरुले दलहरूका बीच शासकीय स्वरूप, राज्य पुनःसंरचना, न्याय प्रणाली, निर्वाचन प्रणालीलगायतका विषयमा चर्को विवाद कायम रहेको र आफ्नो अडानबाट पछि नहटेको अवस्थालाई छिटे भन्दा छिटो सम्बोधन गदै दलहरूको बीच भएको १२ बुँदे सहमति, अन्तरिम संविधान, शान्ति सम्झौता र विभिन्न समयमा भएका सहमति तथा सम्झौता र आन्दोलनका उपलब्धिलाई केन्द्रबिन्दुमा राखेर संविधान जारी गर्ने वातावरण बनाउँनु पर्नेमा अभिमत प्रकट गनु भएको छ ।

बैठकमा आफ्ना अभिमत जाहेर गर्नेमा मोहन बानियाँ, हरिचरण साह, रामकुमार राई, शिवलाल थापा, धनबहादुर रायमाझी, राजाराम स्याङ्तान, कृष्णभक्त पोखरेल, निशाकुमारी साह, अनिता देवकोटा, सरस्वती बजिमय, प्रतिक्षा तिवारी मुखिया, ओखिलाल ओखेडा, रेवतीरमण भण्डारी, रामनारायण बिडारी, ऋषिकेश पोखरेल, टीकाराम चेम्जोङ लिम्बू, जनार्दन शर्मा, शिवचन्द्र चौधरी, अमरबहादुर थापा, कलशादेवी महरा लागयतका सभाससदहरुले भाग दिनु भएको थियो । संविधानसभाको अर्कौ बैठक यही भदौ ३० गते सोमबार बिहान ११ बजे बस्ने छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031