काठमाडौ भाद्र १६, न्यूनतम् पारिश्रमिक निर्धारण समितिमा श्रमजीवी पत्रकार ऐन, २०५१ को दफा ११ (ङ) बमोजिम श्रमजीवी पत्रकार मध्येबाट तीन पत्रकारलाई महासङ्घले मनोनयन गर्ने व्यवस्था अनुरुप पत्रकार महासङ्घको कोटाबाट समितिको सदस्यमा निर्मला आचार्य दीपक ज्ञवाली र निमबहादुर बुढाथोकीलाइ मनोनयन गरिएको महासचिव उजिर मगरले जानकारी दिनु भएको छ ।