बुधबार, चैत्र १५, २०७९

नेपाल प्रेस युनियनको अध्‍यक्षमा सिग्‍देल र महासचिवमा शिवाकोटी विजयी 

काठमाडौं भाद्र २४,नेपाल प्रेस युनियनको भाद्र २१ र २२ गते पोखरामा सम्पन्न आठौं महाधिवेशनले युनियनयनको अध्‍यक्षमा बद्री सिग्‍देल विजयी र महासचिवमा अजयबाबु शिवाकोटीलाइ निवाचित गरेको छ । नव निवार्चित अध्यक्ष सिग्‍देलले ६४२ मतसहित अध्यक्षमा निर्वाचित भएको हो । press union10578932_10203770785262604_524783988_nअध्यक्षका अर्का प्रत्यासी शिव लम्सालले ४४४ र भुवन भट्टले ६९ मत प्राप्त गरेका थिए । त्यस्तै, ४४५ मतसहित वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य निर्वाचित भएका छन् भने उपाध्यक्षमा ईश्‍री ओझा ५७२ मत र रमेश पौडेलले ३९३ मत ल्‍याई विजयी भएका छन । त्‍यसैगरी नेपाल प्रेस युनियनको उपमहासचिवमा प्रेम केसीले ७८२ र भीष्मराज ओझाले ५८५ मत प्राप्त गरी विजयी भएको छ भने सचिवमा खिला कार्की र सूर्यकुमार क्षेत्री विजयी भएका छन्।

यस्तै नेपाल प्रेस युनियनको महिला उपाध्यक्षमा बाला अधिकारी, उपमहासचिवमा सलोजा दाहाल र सचिवमा दीपा आले र्निविरोध निर्वाचित भएका छन् भने अपाङ कोटाबाट माधव चाम्लागाई केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

यसैगरी उपत्यकाबाट निरज खतिबडा तथा प्रतिष्ठानबाट ठाकुर बेल्बासे निर्वाचित भएका छन् भने कोसी अञ्‍चलबाट उद्धव तिमिल्सना, जनकपुर अञ्‍चलबाट अमन कोइराला, गण्डकी अञ्‍चलबाट टंक अधिकारी, लुम्बिनी अञ्‍चलबाट माधव अर्याल, धौलागिरी अञ्‍चलबाट ज्ञानेन्द्र गौतम, महाकाली अञ्‍चलबाट हरिश भट्ट, सेती अञ्‍चलबाट जगत साउद, राप्‍ती अञ्‍चलबाट केपी घिमिरे, भेरी अञ्‍चलबाट राजेन्द्र कार्की, बागमती अञ्‍चलबाट मुरारी अधिकारी विजयी भएका छन्।

यस्तै महिलातर्फका केन्द्रीय सदस्यहरुमा सिर्जना अर्याल, सुरक्षा रेग्मी र दिलिपाश्री अधिकारी विजयी भएका छन् भन केन्द्रीय खुल्ला तर्फका केन्द्रीय सदस्यहरुमा क्रमस राजाराम कार्की ४७६, वसन्त पराजुली ५०२, माधव धिताल ४५७, दिलीप पौडेल ५९१, ऋषिकान्त पौडेल ४१२, भुवन शर्मा ४७०, युवराज रेग्मी ३२९, जयसिंह केसी ३३१, शिवराज योगी ३७९, रमेश वाग्ले ३९०, युवराज गौतम ३५२, सुलोचना गौतम ५५९, कल्पना शर्मा ५५६ र प्रकाश अधिकारी ३४८ मत ल्याई विजयी हुनुभएको छ ।यस्तै क्षेत्रीय संयोजकमा पूर्वाञ्चलमा लीलावल्लभ घिमिरे ६३१, मध्यमाञ्चलमा राममणि दाहाल ६३६, पश्चिमाञ्चलमा प्रदीप काफ्ले ३३६, मध्यपश्चिमाञ्चलमा देवेन्द्र बर्मा ३०५, सुदूरपश्चिमाञ्चलमा लालबहादुर ऐरी ४२५ र बागमतीमा रमेश खतिवडा ५६० मत प्राप्त गरी विजयी हुनुभएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031