बुधबार, चैत्र १५, २०७९

नेपाली कांँग्रेसका नेता एवम् पूर्वमन्त्री ओझाको निधन

अन्तिम श्रद्धाञ्जलिका लागि शुक्रबार बिहान ८ बजेबाट पार्टी कार्यालयमा सानेपामा राखिने

काठमाडौं असोज ९, नेपाली कांग्रेस सुदुरपश्चिमाञ्चलका नेता एवम् पूर्वमन्त्री सिद्धराज ओझाको आज साँझ ७ बजे शिक्षण अस्पतालमा निधन भएको छ। ओझाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि शुक्रबार बिहान ८ बजेबाट पार्टी कार्यालयमा सानेपामा राखिने भएको छ ।

Siddha-Raj-Ojhaलुकोमिया नामक रोगबाट पीडित भएर उपचाररत नेपाली कांग्रेसका नेता एवम् प्रजातन्त्र सेनानी सिद्धराज ओझाको त्रिवि शिक्षण अस्पतालमा उपचारकै क्रममा निधन भएको हो। पूर्वमन्त्री समेत रहनुभएका ओझा करिव दुई वर्षभन्दा पहिलेदेखि हप्तामा दुई पटक रगत फेर्नुपर्ने अति नै महँगो उपचार गराई रहनु भएको थियो। एकपटक यसरी रगत फेर्दा पचासौं हजार रुपैयाँ खर्च हुने गरेको थियो। महङगो उपचारका कारण विभिन्न सहयोगीहरुले उहाँको उपचारका लागि सहयोग संकलन समेत गरेका थिए।

नेविसंघका संस्थापक नेता समेत रहनुभएका ओझा २०२२सालदेखि राजनीतिमा प्रवेश गर्नुभएको थियो। २०४८ सालमा गिरिजाप्रसाद कोइरालाको पालामा शेर बहादुर देउवासँगै सुदुरपश्चिमाञ्चलबाट ओझा पनि मन्त्री बन्नुभएको थियो।   ओझाको १ छोरा र एक छोरी हुनुहुन्छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031