बुधबार, चैत्र १५, २०७९

नियमित कार्यसूचीमा प्रवेश नै नगरी आजको बैठक पनि अवरुद्ध

  काठमाडौ असोज  ३,    व्यवस्थापिका–संसद्को आजको बैठक नियमित कार्यसूचीमा प्रवेश नै नगरी ९ औ पटक स्थगन भएको छ ।   एमाओवादी, 10377492_653617494709226_6935178652250618311_nमधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक), मधेसी जनअधिकार फोरम नेपाल, तराई– मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई–मधेस सद्भावना पार्टी र सङ्घीय समाजवादी पार्टीले सरकारले आफूहरूसँग गत पुस ९ गते सरकारले गरेको  ४बुुँदे सहमति कार्यान्वयन नभएको भन्दै संसद् अवरुद्ध गर्दै आएका छन् ।

  आज व्यवस्थापिका–संसद्को बैठक सुरु हुनेबित्तिकै एमाओवादीका जनार्दन शर्माले संसद् पुनःसञ्चालन नगरी प्रधानमन्त्री संयुक्त राष्ट्र सङघको  महासभामा भाग लिन गएकामा आपत्ति जनाउँदै चारबुँदे सहमति कार्यान्वयनमा सरकार गम्भीर नबनेकोमा आपत्ती प्रकट गर्नु भएको थियो ।   त्यसपछि विपक्षीदलका सभासदहरु आ-आफ्नो कुर्सीबाट उठेका थिए ।

  यसपछि सभामुख सुवासचन्द्र नेम्वाङले प्रमुख प्रतिपक्षी दलका सांसद उठ्नुभएका कारण सदनको नियमित कारबाही अगाडि बढ्न नसक्ने भन्दै   व्यवस्थापिका–संसद्को आगामी बैठक यही असोज ५ गते अपराह्न १ बजे गरि स्गथन गर्नु  भएको थिंयो  ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031