मङ्लबार, अशोज १६, २०८०

नन्द प्रसादको मत्यु पछि सरकारले गर्यो दोषीलाई कारबाही गर्ने प्रतिबद्धता

श्रीमती अधिकारीको अनशन अन्त्यका लागि सहयोग गरिदिन मानवअधिकारकर्मी र नागरिक समाजलाइ आग्रह

काठमाडौ असोज ७, सरकारले गोरखा फुजेलका नन्दप्रसाद अधिकारी दम्पतीका छोरा कृष्ण��्रसादको हत्यामा संलग्न दोषीलाई कानुनी कारबाही

singhadurbarगर्ने प्रतिबद्धता व्यक्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले श्रीमती अधिकारीको अनशन अन्त्यका निम्ति आवश्यक सहयोग गरिदिन मानवअधिकारकर्मीलगायत नागरिक समाजसँग अनुरोध गदै आज जारी गरेको प्रेस विज्ञप्ति यस्तो प्रतिवद्धता व्यक्त गरिएको हो ।

त्यस्तै विज्ञप्तिमा सरकार मुलुकको प्रचलित संविधान, कानुन, अन्तर्राष्ट्रिय प्रतिबद्धता, न्यायका मान्य सिद्धान्त, सर्वोच्च अदालतका फैसला तथा राष्ट्रिय मानव अधिकार आयोगका सिफारिसका आधारमा मानव अधिकार उल्लङ्घन हुन नदिन लागिपरेको र कथंकदाचित उल्लङ्घन भइहालेमा जुनसुकै व्यक्तिलाई कानुनको दायरामा ल्याई पीडकलाई दण्ड र पीडितलाई न्याय दिलाउन प्रतिबद्ध छ रहेको जनाउँदै अधिकारी दम्पतीका छोराको हत्यामा संलग्न रहेको अनुसन्धानबाट देखिएका रुद्र आचार्य नेपाल बाहिर रहेको जानकारी प्राप्त भएकाले उनलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) मार्फत् सूचनासमेत जारी गरिसकिएको उल्लेख गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031