बिहिबार, चैत्र ९, २०७९

दुर्घटनामा छोराको मृत्यु भएको भन्ने गलत खबर सुन्दै गर्दा बुबाको पनि ज्यान गयो

सिरहा भाद्र १६,  सिरहाको बेल्हा–१ मा आइतबार दिउँसो मोटरसाइकल दुर्घटनामा वर्षीय आयुषोतम मण्डलको मृत्यु भएको भन्ने गलत खबर सुन्ने heartattackवित्तिकै उनका पिता नन्दकुमार मण्डलको पनि हृदयघात भएर मृत्यु भएको छ ।  नापी कार्यालय सिरहाका कर्मचारी नन्दकुमार छोरालाई हेर्न आउँदा जिल्ला अस्पताल अगाडि छाती अचानक दुखेर हृदयघात भएको थियो । उपचारका लागि धरान लैजाने क्रममा आइतबार राति बाटोमै उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहालाइ उदृत गर्दै प्राप्त समाचारमा उल्ल्ेख गरिएको छ ।

समाचारमा उल्लेख भए अनुसार नन्दकुमार छोराको मोटरसाइकल दुर्घटना भएको त हो तर उनको मृत्यु भने भएको थिएन । एक व्यक्तिले फोन गरेर मृत्यु भएको गलत खबर नन्दकुमारलाई दिएको बुझिएको छ । त्यस्तै घाइते भएको मोटरसाइकल चालक आयुषोत्तमको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।