बुधबार, अशोज १७, २०८०

तीनदलीय बैठक अनिर्णयको बन्दी,सहमति पहिल्याउँने जिम्मा कार्यदललाइ

काठमाडौ असोज १४,  निर्धारित मितिमा संविधान जारी गर्नका लागि संविधान लेखनमा देखिएका विवादित विषयहरूमा सहमति कायम गर्न भन्दै आज बसेको प्रमुख 3-dall-ko-logoराजनीतिक दलहरूको बैठक अनिर्णको बन्दी भएको छ ।  आजको बैठकमा संविधान लेखनकोे लागि मुख्य विषय बस्तु अन्र्तगत विवादित रहदै आएको शासकीय स्वरूप, राज्य पुनःसंरचना, न्याय प्रणाली, निर्वाचन प्रणाली र नागरिकताको विषयमा छलफल भएपनि प्रस्तावित विषयमा कुनै पनि नितिगत सहमति हुन सकेनन भने संवाद तथा सहमति समितिका सभापति डा.बाबुराम भट्टराईले सोमबार प्रस्तुत गर्नुभएको विवादित विषयमा सहमति खोज्ने अनौपचारिक प्रस्तावमा समेत प्रमुख दल मध्ये काँग्रेस र एमालेका नेताहरुले  यसअघिनै विमति राखेका कारण कुनै पनि सहमति बन्न नसकेको हो ।

यसै वीच बैठकले प्रस्तावित विषयमा सहमति बनाउँन नसकेपछि सहमतिको विन्दु पहिल्याउँने जिम्मा तीनदलका नेताहरु सम्मिलीत कार्यदललाई जिम्मा दिएको छ । सो कार्यदलमा नेपाली काँग्रेसका तर्फबाट महामन्त्री कृष्णप्रसाद सिटौला र नेता नरहरि आचार्य, नेकपा एमालेका तर्फबाट उपाध्यक्ष भीमबहादुर रावल र अग्नि खरेल र एमाओवादीको तर्फबाट महासचिव कृष्णबहादुर महरा र नेता खिमलाल देवकोटा सदस्य हुनुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031