बुधबार, चैत्र १५, २०७९

छोराको हत्यारालाइ कारवाहीको माग गर्दा गदै अनसनस्थलमानै प्राण त्याग गरे नन्दप्रसादले

काठमाडौं असोज ६, १७ वर्षिय छोरा कृष्ण प्रसाद अधिकारीको हत्यारालाइ कारवाहीको माग गदै विगत ३ सय ३२ दिन यता देखि अनसनरत गोरखा adhakari फुजेलका अधिकारी दम्पत्ति मध्ये नन्दप्रसाद अधिकारीको आज साँझ निधन भएको छ ।

अधिकारी दम्पत्तीका छोरा कृष्ण अधिकारीको २०६१ सालमा माओवादीहरुले चितवनमा हत्या गरेको र उनिहरु विरुद्ध कारवाही गर्नु पर्ने माग गर्दै अनसन थालेका थिए । हत्याको आरोपमा माआवादीका वरिष्ठ नेताहरुलाई समेत कारवाहीको माग गरेका थिए ।

कारावाही नथालिए सम्म अनसन नतोड्न प्रतिज्ञा गरेपछि सरकारले उनिहरुको माग अनुसार कारावाही अघि बढाउन सकेको थिएन । हत्याको छानविनका क्रममा प्रहरीले केहि माओवादी कार्यकर्तालाई पक्राउ गरिएपनि प्रमाण नपुगेको भन्दै उनिहरुलाई छोडिएको थियो । यसैवीच उनीसङगै अनसन बसिरहेकी उनकी धर्मपत्नी गंगामायाको अवस्था पनि चिन्ताजनक रहेको छ । अधिकारीको शव पोस्ट्मार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ अधिकारीको शव पोस्ट्मार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031