सोमवार, चैत्र १३, २०७९

छात्रालाई सपना सुनाउँदै गर्दा शिक्षक जयचन्द्र यादव पुगे प्रहरी फन्दामा

रौतहट भाद्र २८, एक छात्रालाई दुव्र्यवहार गरेको आरोपमा स्थानीय तथा विद्यार्थीले यमुनामाई उच्च माध्यामिक विद्यालयका एक शिक्षकलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।  झुन्खुन्वामा रहेको सो विद्यालयमा अध्यनरत एक छात्रालाई विज्ञान विषयका शिक्षक जयचन्द्र यादवले Jail1दुव्र्यवहार गरेपछि अभिभावक र विद्यार्थीले यादवलाई प्रहरीको जिम्मा लगाएका हुन् । दुई दिनअघि सपनामा यौन दुव्र्यवहार गरेका शिक्षकले छात्रालाई सुनाउँदै जबर्जस्ती गर्न खोजेपछि छात्राले आफ्नो अभिभावकलाई सो कुरा जानकारी गराएकी थिइन् । घटनाबारे जानकारी पाएपछि विद्यालय पुगेका प्रहरीलाई उनीहरूले शिक्षक बुझाएका थिए ।

आरोपित शिक्षकलाई कारबाही गर्नुपर्ने माग गर्दै विद्यार्थीले विद्यालयमा पठनपाठन बन्द गराएका छन् । छात्रालाई सपनामा हामीबीच धेरै कुरा भयो भन्दै शिक्षक यादवले जबर्जस्ती गर्न खोजेपछि रुँदै घर गएर सबै अभिभावकलाई छात्राले जानकारी गराएको छिमेकी प्रकाश यादवले बताए । कारबाहीको माग गर्दै केहीबेर गौर चन्द्रनिगाहपुर सडकखण्डको झुन्खुन्वामा विद्यार्थीले बन्दसमेत गरेका छन् ।  शिक्षक यादवले भने सपनामा छात्रालाई बाहिर घुमेको देखेको र सोही कुरा बताउँदा अभिभावक र विद्यार्थीले आफूलाई कुटपिट गरेको बताए । जिल्ला प्रहरी कार्यालय गौरले पक्राउ परेका शिक्षकसँग आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक भीम ढकाललाइ उदृत गदै आजका राजधानी दैनिकमा समाचार प्रकाशित रहेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031