सोमवार, अशोज ८, २०८०

घुस लिँदालिँदैको अवस्थामा रङगेहात नापीका सर्वेक्षक यादव पक्राउ

काठमाडौ भाद्र १८, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज चाबहिल नापी कार्यालयका सर्वेक्षक शिवनारायण यादवलाई घुस लिँदालिँदैको pakrau-अवस्थामा रङगेहात पक्राउ गरेको छ । निज यादवले सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिँदै गर्दा उनलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।

आयोगका अनुसार यादवले काठमाडौंको कपन गाविस वडा नं। ९ को कित्ता नम्बबर १३३ र २७५ जग्गाको कित्ताकाट गरिदिनका लागि सेवाग्राहीबाट रकम लिएका थिए । कित्ताकाटका लागि १५ दिनदेखि झुलाउँदै आएका यादवले १ लाख रुपैयाँ मागेको र सेवाग्राहीले ५० हजार दिने सहमति गरी अख्तियारलाई खबर गरेको बुझिएको छ ।