शुक्रबार, चैत्र १७, २०७९

गुणस्तरीय शिक्षानै आजको अपरिहार्य आवश्यकता : उपप्रम सिंह

काठमाडौ असोज ४, उपप्रधानमन्त्री प्रकाशमान सिंहले शिक्षाबाट नै समाजलाई सकारात्मक मार्गमा उन्मुख गराउन सकिने भएकाले गुणस्तरीय शिक्षानै आजको अपरिहार्य आवश्यकता भएको बताउनु भएको छ ।    काठमाडौं महानगरपालिका  १६ बालाजुटार स्थित जनजागृती ज्ञान–रश्मि माध्यमिक विद्यालय को रजत महोत्सवको समापन कायक्रममा बोल्दै उपप्रम सिहंले यस्तो अभिव्यत्ति दिन भएको हो । साथै त्यस अवसरमा उहाले विद्यालय हातामा निर्मित रजत महोत्सव स्मारकको अनावरण र ‘रजत महोत्सव’ स्मारिको विमोचन गर्नु भएको थियो ।

विद्यालयको स्थापना सञ्चालन एवम् विकासमा योगदान पु-याउने व्यक्तित्वलाई विद्यालयका तर्फबाट सम्मान गरिएको समेत सम्मान गरिएको उक्त  कार्यक्रममा सभासद् रामवीर मानन्धर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमबहादुर शाह, विद्यालयका प्रधानाध्यापक कृष्ण कुँबरलगायतले मुलुकका शिक्षा जगत सामूदायिक विद्यालयको  अवधारणा एवम् विद्यमान चुनौतिका सम्बन्धमा आ्-आफ्नो धारणा राख्नु भएको थियो । तस्विर: युपी लामिछाने 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031