सोमवार, चैत्र १३, २०७९

खेलकुद प्रति युवा जमातको बढ्दो रुचिलाई सरकार सहयोग गर्न प्रतिवद्ध: उपप्रम सिंह

नीर र दिलेन्द्र पुनको जोडीले जित्यो बबिन विक्रम विष्ट स्मृति डमिन्टन प्रतियोगिताको पुरुष डबल्स उपाधि

काठमाडौं असोज ९,  पूर्वराष्ट्रिय फुटबलर बबिनविक्रम विष्टको स्मृतिमा किङ कम स्पोर्ट्स क्लबद्दारा आयाजित मारुती सिमेन्ट बबिनविक्रम विष्ट स्मृति ब्याडमिन्टन प्रतियोगिता कम्प्लिट हेल्थ क्लबका नीरविक्रम देवकोटा र दिलेन्द्र पुनको जोडीले मारुती सिमेन्ट छैटौं को पुरुष डबल्स उपाधि जितेका छन् ।  गत भाद्र २३ देखि सुरु भएको प्रस्तुत प्रतियोगिताको आज भएको उपाधि भिडन्तमा उक्त जोडीले आयोजक किङ कम स्पोर्ट्स क्लबका विजित थापा मगर र प्रकाश श्रेष्ठको जोडीलाई २–१ को सेटमा पराजित गर्दै प्रतियोगिताको पुरुष डबल्स उपाधि जितेको हो ।

प्रतियगिताकोपहिलो सेटमा २०–२२ ले पछि परेको स्थितिलाई उल्ट्याउदै नीर र दिलेन्द्रको जोडीले दोश्रो सेट २५–२३ ले आफ्नो पक्षमा पार्दै खेललाई १–१ को बराबरीमा पुर्‍याए ने तेश्रो तथा निर्णायक सेट २१–१२ ले जित्दै नीर र दिलेन्द्रको जोडीले उपाधि जितेका हुन उपाधिसंगै विजेताले २० हजार र उपविजेताले १५ हजार नगद पुरस्कारसहित ग्याँस गिजर पुरस्कार प्राप्त गरेका   छन ।

विजेतालाई उपप्रधान एवं स्थानिय विकास मन्त्री प्रकाशमान सिंहले खेलकुदको महत्व र यसको आवश्यकताको अलावा खेलकुद प्रति युवा जमातको बढ्दो रुचिलाई सरकारले सहयोगको लागि हरसम्भव प्रयास गर्दै अगाडि लैजान प्रतिवद्ध रहेको बताउदै  एक कार्यक्रमबीच पुरस्कार प्रदान गर्नुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031