शुक्रबार, चैत्र १७, २०७९

एलेक्स साल्मण्डको स्कटल्याण्डलाई स्वतन्त्र बनाउनुपर्छ भन्ने अभियान तुहियो

 एजेन्सी असोज ३ , स्कटल्याण्ड स्वतन्त्र हुने वा बेलायत अन्तर्गतनै रहने भनेर बिहीबार गरिएको जनमतसंग्रहमा ४५ प्रतिशतले भने स्टकल्याण्डलाई स्वतन्त्र हुने पक्षमा मतदान गरेकाछन भने ५५ प्रतिशत मतदाताले स्कटल्याण्ड छुटिनु नहुँने  पक्षमा मतदान गरेका छन् । जनमतसंग्रहमा  जम्मा खसेको ३६ लाख १९ हजार ९ सय १५ मत मध्ये २० लाख १ हजार ९ सय २६ ले स्वतन्त्रताको विपक्षमा मतदान गरेका थिए ।

s22s14

जनमतसंग्रहमा ८५ प्रतिशत मत खसेको अधिकारीहरुले बताएका छन् । चारवटा स्थानीय निकायहरुमा मात्र स्वतन्त्रताको पक्षमा मत खसेको बीबीसीले जनाएको छ ।  मत परिणाम सार्वजनिक भए लगत्तै बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनले मत परिणामले आफू खुसी भएको प्रतिक्रिया सहित चार वटा देश मिलेर संयुक्त अधिराज्य बनेको बेलायत अझ एकीकृत हुने प्रधानमन्त्री क्यामरुनको भनाई उदत गर्दै बीबीसीले स्कटल्याण्डलाई स्वतन्त्र बनाउनुपर्छ भन्ने अभियान चलाउँदै आएका अर्का नेता एलेक्स साल्मण्डले पराजय स्वीकार गरेको जनाएका छन । त्यस्तै जनमत सङग्रहको यो परिणाम सङगै यो स्कटल्यान्डमा जारी राज्य छुटिनु पर्ने विवाद अन्त्य हुनुको अलावा साल्मण्डले स्कटल्याण्डलाई थप अधिकार दिन माग राखेका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031