शनिबार, चैत्र १८, २०७९

उपाध्यक्ष बोगटीको अवस्था गम्भीर

काठमाडौ भाद्र २९, एमाओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटीको स्वास्थ्यस्थिति अत्यन्तै गम्भीर रहेको उपचारमा सङ्लग्न चिकित्सकले जनाएका छन् ।  हाल उहाँको भेन्टिलेटरमा राखी उपचार भइरहको उपचारमा सङ्लग्न चिकित्सकल जनाइएको छ । उपाध्यक्ष बोगटीलाई गत भाद्र २६ Post-bahadur-Bogati1गते अचानक एकैपटक हृदयाघात र मस्तिष्कघात भएपछि गङ्गालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको र भदौ २७ गते अपराह्न नर्भिक अस्पतालमा लगिएको थियो ।

त्यस्तै आजै प्रधानमन्त्री सुशील कोइराला आज अस्पताल पुगेर उहाँको उपचारमा कुनै पनि कमी हुन नदिन अस्पताल प्रशासनलाइ निर्देशन दिनुभएको छ ।  यसैवीच उपाध्यक्ष बोगटीको उपचारको सन्दर्भमा निर्णय गर्न विशेषज्ञ टोलीसहित एमाओवादी शीर्ष नेतृत्वबीचमा अस्पतालमा छलफल भएको रचिकित्सक टोलीले नयाँ दिल्लीस्थित मेदान्त अस्पतालका चिकित्सकहरुबीच पनि छलफल गरेको बताइएको छ । मेदान्तका चिकित्सकले नर्भिकले गरेको उपचार पद्धति नै आफूहरुले पनि अपनाउने जानकारी गराएको बुझिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031