आइतवार, चैत्र १९, २०७९

आतङकवादीको आक्रमणबाट त्रस्त ६६ हजार सिरियाका शरणार्थी टर्की प्रवेश

एजेन्सी असोज ५ , आतङकवादी समूह इस्लामिक स्टेट मिलिट्यान्सको त्रासका कारण दक्षिणी सिरियाका करिव ६६ हजार शरणार्थीले २४ घण्टाभित्र टर्कीको सीमा पार गरेका छन ।

10351378_712359942152815_3529181777112398844_nटर्कीले सिरियाका कुर्दिस शहरमा आतङकवादीको आक्रमणबाट त्रस्त नागरिकलाई आफ्नो सीमा खुल्ला गरेको थियो । संयुक्त राष्ट्रसंघको शरणार्थी नियोगले यो कदमले हजारौं नागरिकलाई राहत दिएको र सुरक्षाका लागि सीमा पार गर्न सहयोग पुगेको बताएको छ ।
इस्लामिक स्टेट मिलिट्यान्सले सिरिया र इराकको धेरै भूभाग कब्जामा लिएको छ भने दर्शनौ गाउँहरु नियन्त्रणमा लिएको छ ।

टर्की इराक र सिरियासँग सीमा जोडिएको देश हो । जहाँ तीन वर्षअघि सिरियाका राष्ट्पति बसर अलअसाद विरुद्ध प्रदर्शनहरु सुरु भएयता आठ लाख भन्दा बढी सिरियाली शरणार्थीले शरण लिइरहेको बीबीसीले जनाएको छ ।  फोटो :विविसी नेपाली सेवाको फेसबुकपेजबाट साभार ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031