शुक्रबार, चैत्र १७, २०७९

आज विजयादशमीको पहिलो दिन घर–घरमा घटस्थापना गरि मनाईदै

काठमाडौं असोज ९, हिन्दुहरुको महान चाड वडा दशै आजबाट शुरु भएको छ । दसैंको पहिलो दिन दुर्गा भवानीको प्रतिकका रुपमा आज घर–घरमा घटस्थापना गरिदैछ । घटस्थापनाको शुभसाइत आज बिहान १०।४५ रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । आश्विन शुक्लपक्ष jamaraप्रतिपदाका दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ । यस दिन घर घरमा जमरा राखिन्छ र घट कलशको स्थापना गरी देवी–देवताको आव्हान आह्वान गरिन्छ ।

आजदेखि पूर्णिमासम्म १५ दिन नेपालीका घर आँगनमा आ–आफ्ना विधि र परम्पराअनुसार दुर्गा भवानीको पूजा–आराधना गरी दसैँ हर्षोल्लासका साथ मनाइँदैछ । आज आआफ्ना पूजाकोठा वा दशैंघरमा विधिपूर्वक दियो, कलश र गणेशको पूजा गर्ने र माटोको पूर्णघडामा गाईको गोबर राखी घाम नछिर्ने अँध्यारो कोठामा जौ वा मकै रोपेर जमरा राखी पञ्चरत्न चढाई शक्तिरुपी दुर्गा भवानीको आराधना गर्ने परम्परा रहिआएको छ ।  आजका दिन झिसमिसे बिहानीमै आत्मशुद्धी गरी नदी, खोला,  या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या माटो ल्याई दशैं घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ, मकै छरिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पति जमरा भएकाले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो । यसरी उमारिने जमरा विजयादशमीका दिन मान्यजनहरुबाट टीका ग्रहण गर्दा लगाईन्छ । दशैंको टीका लगाउँदा अरु फूलको सट्टा समृद्धिको प्रतीक पहेंलो जमरालाई प्रयोग गरिन्छ ।

त्यस्तै आजको दिन परम्पराअनुसार घटस्थापनाको उपलक्ष्यमा काठमाडौको हनुमानढोका दरबारमा रहेको दशैंघरमा वैदिक विधिपूर्वक जमरा राखि महाकाली, महालक्ष्मी, महासरस्वती लगायत नवदुर्गा र अन्य शक्तिपीठहरुमा नवरात्रिपूजाको शुभारम्भ हुन्छ । यसैबीच दशैं सुरु भएपछि उपत्यकामात्र नभएर देशभरका शक्ति पिठहरुमा भक्तजनको घुइँचो लागेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031